बैतडी–बैतडीको दशरथचन्द नगरपालिका –१ गुरुखोलामा आयोजना भएको शिविरमा १ सय २६ जनाले सेवा लिएका छन् ।
दशरथचन्द नगरपालिका वडा नं १ को कार्यालय गुरुखोलाको आयोजना र आँखा उपचार केन्द्र गोठलापानीको प्राविधिक सहयोगमा शनिबार वडा कार्यालयमा आँखा शिविर सञ्चालन गरिएको दशरथचन्द नगरपालिका वडा नं १ का वडा अध्यक्ष विष्णुदत्त भट्टले बताए ।
आँखाको समस्या भएको नागरिकहरुलाई ध्यानमा राखेर शिविरको आयोजना गरिएको उनले बताए । शिविरमा आएका मध्ये २५ जनामा मोतिबिन्दुको समस्या देखिएको छ । उनीहरुको जिल्लामा सञ्चालन हुने आँखा शिविरमा अप्रेशन गरिने वडा अध्यक्ष भट्टले बताए ।
शिविरमा स्थानीय नागरिकहरुले आँखाको चेकजाँच गर्नुका साथै अन्य परामर्शहरु समेत लिएका थिए ।
प्रकाशित मिति: शनिबार, चैत १७, २०८० १६:४३
प्रतिक्रिया दिनुहोस्