बैतडी–कैलालीको धनगढीस्थित एडुपलले एसईई दिइरहेका विद्यार्थीहरुलाई कलम र क्यालेण्डर वितरण गरिरहेको छ ।
लामो समयदेखि विभिन्न ब्रीज कोर्ष, लोकसेवा तयारी कक्षा र अन्य शैक्षिक क्रियाकलाप सञ्चाललन गरिरहेको एडुपलले कलम र क्यालेण्डर वितरण गरिरहेको हो ।
एसईई दिइरहेका विद्यार्थीहरुलाई ब्रीज कोर्ष लगायत अन्य बिषयमा समेत जानकारी दिनुका साथै कलम र क्यालेण्डर वितरणको काम भइरहेको एडुपलका बैतडी प्रतिनिधि प्रदीप जोशीले बताए ।
बैतडीका २५ ओटै केन्द्रमा पुगेर विद्यार्थीहरुलाई कलम र क्यालेण्डर वितरणको काम भइरहेको बताइएको छ ।
बैतडीसहित सुदूरपश्चिमका अन्य जिल्लाहरुमा समेत कलम र क्यालेण्डर वितरणको काम भइरहेको उनले बताए ।
प्रकाशित मिति: शनिबार, चैत १७, २०८० ०९:०३
प्रतिक्रिया दिनुहोस्