Sagun Khabar
एसईई : सुदूरपश्चिबाट कति परीक्षार्थी हुँदैछन् सहभागी ?

बैतडी –यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिदेखि शुरु हुँदैछ । सुदूरपश्चिमका नौ वटै जिल्लामा परीक्षाको तयारी पूरा भएको शिक्षा विकास निर्देशनालय दिपायलले जनाएको छ । 

सबै परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ती, सुरक्षा व्यबस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पु¥याउनेलगायत सम्पूर्ण तयारी भएको निर्देशनालयले जनाएको छ । 

Atrya hospital

यो बर्ष सुदूरपश्चिमका नौ वटै जिल्लाबाट नियमित, ग्रेडवृद्धि, प्राविधिक धारतर्फका २७ हजार दुई सय ४४ छात्र र २७ हजार सात सय ६६ छात्रा गरेर ५५ हजार १० परीक्षार्थी एसईई सहभागी हुने भएका छन् । 

प्रदेशमा सबैभन्दा बढी कैलालीका परीक्षार्थी रहेका छन् । ५३ परीक्षा केन्द्र रहेको कैलालीमा ९ हजार तीन सय २२ छात्र र ९ हजार तीन सय ८९ छात्रा गरेर १८ हजार सात सय २० र ३५ परीक्षा केन्द्र रहेको कञ्चनपुरमा चार हजार ९ सय ५९ छात्र र पाँच हजार तीन सय ७६ छात्रा गरेर १० हजार तीन सय ३५ परीक्षार्थी सहभागी हुनेछन् । 

२५ परीक्षा केन्द्र रहेकोे बैतडीमा छात्र दुई हजार चार सय ५७ र छात्रा दुई हजार ६ सय ३० गरेर पाँच हजार ८७, २४ परीक्षा केन्द्र रहेको अछाममा छात्र दुई हजार चार सय ८३ र छात्रा दुई हजार चार सय ६७ गरेर चार हजार ९५० र १९ परीक्षा केन्द्र रहेको बझाङमा छात्र दुई हजार दुई ६६ र छात्रा दुई हजार एक सय १४ गरेर चार हजार तीन सय ८० परीक्षार्थी रहेका छन् । 

त्यस्तै १२ परीक्षा केन्द्र रहेको डोटीमा छात्र एक हजार ६ सय १३ र छात्रा एक हजार ६ सय ८४ गरेर तीन हजार दुई सय ९७, १५ परीक्षा केन्द्र रहेको बाजुरामा छात्र एक हजार पाँच सय ३९ र छात्रा एक हजार तीन सय ९५ गरेर दुई हजार ९ सय ३४, १६ परीक्षा केन्द्र रहेको दार्चुलामा छात्र एक हजार तीन सय ५१ र छात्रा एक हजार तीन सय ९९ गरेर दुई हजार सात सय ५० र १२ परीक्षा केन्द्र रहेको डडेल्धुरामा छात्र एक हजार दुई सय ५४ र छात्रा एक हजार तीन सय तीन गरेर दुई हजार पाँच सय ५७ परीक्षार्थी सहभागी हुँदैछन् । 

प्रदेशका नौवटै जिल्लामा दुई सय ११ परीक्षा केन्द्र रहेका छन् । उक्त परीक्षा केन्द्रहरूमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक कर्मचारी, प्रहरी, विद्यार्थी सहयोगी गरेर ८ हजार एक सय ४३ कर्मचारी खटिने निर्देशनालयले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १३:२५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update