Sagun Khabar
सीमा नाकाका ‘हेल्थ डेस्क’मा कार्यरत कर्मचारीले तलब पाएनन् 
फाइल फोटो

बैतडी –सुदूरपश्चिम प्रदेशका सिमानाकामा सञ्चालनमा रहेका ‘हेल्थ डेस्क’का कर्मचारीले छ महिनादेखि तलब पाएका छैनन् । 

कोरोना भाइरसको महामारीका बेलादेखि कार्यरत कर्मचारीहरुले पछिल्लो ६ महिनायता तलब नपाएको बताएका छन् । आफूहरूलाई काम गर्न भनेपनि नियमित रुपमा तलब नपाएको स्वास्थ्यकर्मीहरुको गुनासो रहेको छ । 
संघीय सरकारको महामारी तथा रोग नियन्त्रण महाशाखाले बजेट नपठाउँदा समस्या भएको बताइएको छ । 

Atrya hospital

बैतडीको झुलाघाटसहित कैलालीको त्रिनगर, खक्रौला, कञ्चनपुरको गड्डाचौकी, दार्चुलाको पुलघाट लगायतका सीमा नाकामा कार्यरत कर्मचारीहरुले तलब पाउन सकेका छैनन् । 

सीमा नाकामा हेल्थ डेस्कमार्फत नियमित चेकजाँचको काम भइरहेको भएपनि आफूहरुले ६ महिना यता तलब नपाएको झुलाघाटमा रहेको हेल्थ डेस्कमा कार्यरत ल्याब असिष्टेन्ट राजेन्द्र लुहारले बताए । उनले भने ‘तलब आउँछ भन्ने आश्वासन पाएका छौं । तलब नपाएको ६ महिना भइसक्यो । तलब समयमा नआउँदा समस्या भएको छ ।’

हेल्थ डेस्कमा कोरोना भाइरस, एचआइभी, क्षयरोग, मलेरिया, डेङ्गु, कालाजार, स्क्रब टाइफस रोगको नमूना जाँच हुने गरेको छ । यसबाहेक प्राथमिक उपचारको सेवाका साथै सीमामा अलपत्र परेको बेसहारा नागरिकको उद्धारको कामसमेत गर्ने गरिएको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update