Sagun Khabar
बैतडीको मेलौली नगरपालिका र केशरपुर  प्राथमिक स्वास्थ्य केन्द्र  विरुद्ध उच्च अदालतमा मुद्धा

बैतडी- बैतडीको मेलौली नगरपालिका विरुद्ध मुद्धा दर्ता गरिएको छ । १५ शैय्याको अस्पताल निर्माणको  विषयमा पालिका विरुद्ध उच्च अदालत दिपायल महेन्द्रनगरमा मुद्धा दायर गरिएको हो । वडा नं १ को बिठ्ठनेका जग्गादाताहरुले नगरप्रमुखसँगै नगरपालिका र केशरपुर  प्राथमिक स्वास्थ्य केन्द्र मेलौली विरुद्ध मुद्धा दायर गरेका हुन् ।

मेलौली नगरपालिकाले अस्पताल बनाउन चासो नदिएको र नगरप्रमुखसँग यस विषयमा जानकारी माग्दा अस्पताल बनाउन नचाहेको उल्लेख गर्दै मुद्धा दायर गरिएको छ । यसअघि पनि बिठ्ठनेमा अस्पताल बनाउन भन्दै मन्त्रालयले पत्र पठाएको भएपनि कुनै सुनुवाई नभएको हुनाले अस्पताल निर्माण प्रक्रिया अघि बढाउन माग गरिएको छ  । 

Atrya hospital

अदालतले नगरपालिका र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली संग  १५ दिनभित्र कारणसहितको जवाफ मागेको छ । फागुन २३ गते नै अदालतले १५ दिनभित्र जवाफ दिन भनेको थियो । तर नगरपालिकाले  १५ दिन हदम्याद थप गरेर जवाफ दिने तयारी गरेको छ ।

नगरपालिकाले यसका जवाफ दिनका लागि कार्यपालिकामा छलफल गरी निर्णय लिइने  अस्पताल निर्माण समन्वय समितिका संयोजक एवं वडा नं ९ का वडा अध्यक्ष लोकराज भट्टले बताए । २०७० सालमा नै केशरपुर स्वास्थ्य केन्द्रलाई स्तरवृद्धिगरी १५ शैय्याको अस्पताल निर्माण गर्न भन्दै संघीय सरकारबाट बजेट आएपनि जग्गा विवादले हालसम्म हुन सकेको छैन ।

वडा नं  १ र ७ का  स्थानीयहरुले आ–आफ्नै ठाउँमा अस्पताल निर्माण हुनुपर्ने अडान गर्दा   हालसम्म पनि अस्पताल बन्न नसकेको हो । 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update