Sagun Khabar
भन्सार क्षेत्रमा निगरानी बढेपछि राजस्व सङ्कलनमा वृद्धि

बैतडी- भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाटस्थित  महाकाली भन्सार कार्यालयको  राजस्वमा वृद्धि भएको छ ।  नाकामा निगरानी बढेपछि  राजस्व सङ्कलनमा  वृद्धि भएको हो ।

भन्सार छली हुने गरेको आशंकामा सीमा नाका तथा अन्य सहायक बाटोहरुमा निरन्तर स्थलगत अनुगमन हुन थालेपछि  महाकाली भन्सार कार्यालयको राजस्वमा वृद्धि भएको हो । महाकाली भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०÷०८१मा ५० लाख राजश्व सङ्कलन   गर्ने  लक्ष्य राखेको थियो ।

Atrya hospital

सो लक्ष्य   कार्यालयले छ महिनामै भेटाएको छ । चालु  वर्षको छ महिनामा  ५६ लाख बढी राजस्व  सङ्कलन   भएको महाकाली भन्सार कार्यालयका  प्रमुख अनिल कुमार झाले जानकारी दिए । सीमामा  निगरानी बढेपछि एक वर्षको  लक्ष्य छ महिनामै  प्राप्त भएको  उनले  बताए । राजस्व सङ्कलनको लक्ष्य प्राप्तीमा हम्मे हम्मे परेको महाकाली  भन्सार  कार्यालयले  ६ महिनाको अवधीमै  एक वर्षका लागि राखेको  लक्ष्य  हासिल गरेको उनको  भनाई  छ ।

प्रहरीको  पछिल्लो  समयको  सकृयतालेपनि  राजस्वमा वृद्धि भएको पाइएको छ।  जिल्ला प्रहरी कार्यालय  बैतडीले अहिले धमाधम भन्सार छलीका सामान बरामद गरिरहेको  छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीले कडा निगरानी गर्दा  अहिले भन्सार छलीका सामान बरामद भैरहेका हुन्  ।

      भारतसँग सीमा जोडिएका  क्षेत्रमा  निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले  जनाएको  छ । गतविगतमा लक्ष्यको ७४÷७५ प्रतिशत मात्रै राजस्व संकलन हुने  गरेको महाकाली भन्सार कार्यालयको  राजस्व सङ्कलन मा  अहिले उल्लेख्य सुधार भएको कार्यालयलले जनाएको  छ । 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update