Sagun Khabar
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा 
Atrya hospital

बैतडी –सुदूरपश्चिम प्रदेश सरकारले भोलि (भदौ ३१ गते) प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।

थारु समुदायको अट्वारी पर्वको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । भोलि सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा रहने प्रदेश राजपत्रमा उल्लेख छ । तराईवासी थारु समुदायमा भोलि र पर्सी दुई दिन अट्वारी पर्व मनाइँदै छ । 

पर्वको अवसरमा कैलालीका केही पालिकाहरुले भने दुई दिन सार्वजनिक बिदा दिएका छन् । कैलालीसहित कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सुर्खेतमा थारु समुदायका मानिसले अट्वारी पर्व धूमधामसँग मनाउँदै आएका छन् । 
 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  ०९:५२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update