जिल्ला भलिबल संघ बैतडीको अध्यक्षमा बसन्त प्रकाश बिष्ट चयन
बैतडी- जिल्ला भलिबल संघ बैतडीको अध्यक्षमा बसन्त प्रकाश बिष्ट चयन भएका छन् । मंगलबार सम्पन्न अधिवेशनबाट बिष्टको नेतृत्वमा भलिबल संघ सर्वसम्मत गठन गरिएको हो ।
संघको नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रेम चन्द र अशोक बहादुर चन्द, सचिवमा देव महरा र कोषाध्यक्षमा सरस्वती खत्री बोहरा चयन भएका हुन् ।
नवनिर्वाचित अध्यक्ष बिष्टले बैतडीमा भलिबल खेलको विकास र विस्तारका साथै खेलाडीको क्षमता अभिवृद्धि तथा नयाँ प्रतिभाको पहिचान र प्रोत्साहनका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भलिबलको विकासका लागि पर्याप्त खेलकुद गतिविधि सञ्चालन गरिने उनले बताए ।
प्रकाशित मिति: बुधबार, असोज १४, २०८३ १०:४६
प्रतिक्रिया दिनुहोस्




