बैतडी- स्वर्गीय हिमालयप्रसाद अवस्थी स्मृति गरीब तथा जेहेन्दार छात्रवृति यो बर्ष १२ जना छात्रछात्राहरुलाई प्रदान गरीने भएको छ । बैतडीको सुर्नया गाउँपालिका ६ स्थित सिगास माबि मुसे रौटेमा अध्यानरत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई उक्त छात्रवृति प्रदान गरिने निर्णय भएको स्वर्गीय हिमालयप्रसाद अवस्थीका बुवा नारद अवस्थीले बताए ।
स्वर्गीय अवस्थीको स्मृतिमा १ लाख ११ हजार १११ रुपैयाको अक्षयकोष स्थापना गरिएको र सोही कोषबाट प्राप्त हुने ब्याजबाट प्रत्येक बर्ष छात्रवृति दिने गर्ने गरिएको उनले बताए ।
यो बर्ष हिमालयप्रसाद अवस्थीको ११ औं बार्षिक पूण्यतिथीको अवसरमा छात्रवृति प्रदान गरिनलागीएको होे । बैतडीको सुर्नया गाउँपालिका ६ कोखेत घर भएका हिमालयप्रसाद अवस्थीको अध्ययनकै सिलसिलामा कलिलो उमेरमा निधन भएको थियो ।




