Sagun Khabar
बझाङमा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु 

बझाङ –बझाङमा जङ्गली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ । एक जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्लाको जयपृथ्वी नगरपालिका–६ नौरामा जंगली विषालु च्याउ खाँदा स्थानीय सात वर्षिया सञ्जिला कठायतको मृत्यृ भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । बुधबार बेलुका जङ्गली च्याउको तरकारी खाँदा स्थानीय लक्ष्मण कठायतका श्रीमती एक छोरा र एक छोरी सहित तिन जना गम्भीर बिरामी भएका थिए । 

Atrya hospital

गम्भीर बिरामी भएकी सञ्जिलालाई उपचार लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । १२ बर्षीय सुदीपको धनगढीमा उपचार भइरहेको छ । 

पुनी कठायतको अवस्था भने समान्य रहेको बताइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update