बैतडी–भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंस्थित निङ्गलाशैनी माविमा अध्ययनरत विद्यार्थीहरुले सहयोग गरेका छन् ।
विद्यालयका कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुले आफ्ना खाजा खर्च कटाएर ६ हजार २० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जमा गरेको विद्यालयका प्रधानाध्यापक प्रेमसिंह बोहराले बताए ।
विद्यार्थीहरु स्वस्र्फूत रुपमा संकलन गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जमा गरिएको हो । समस्यामा परेका नागरिकलाई सहयोग गर्नुपर्छ भन्ने भावनका साथ खाजा खर्च कटाएर सहयोग गरेको विद्यार्थीहरुले बताएका छन् ।
निङ्गलाशैनी माविका विद्यार्थीहरुको सामाजिक भावनाले समाजलाई प्रेरणा मिल्ने प्रधानाध्यापक बोहराले बताए । समस्यामा परेको बेला सहयोग गर्नुपर्छ भन्ने भावना विद्यार्थीहरुमा जागेको र यो समाजका लागि निकै राम्रो काम हुने उनले बताए ।




