दार्चुला –दार्चुलाको अपि हिमाल गाउँपालिकामा स्कुल नजिकैको कम्पाउण्डबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ ।
अपिहमाल गाउँपालिका वडा नम्बर ६ धङकङस्थित छिपुलाकेदार माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत समिर महताको लडेर मृत्यु भएको हो ।
उनी हिजो विद्यालयमा खेलिरहेको बेला लडेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
स्कुलको कम्पाण्ड नजिकै खेलिरहेका बेला महता लडेर झण्डै ६० मिटर तल पुगेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । उनको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असार १८, २०८० ०७:०६
प्रतिक्रिया दिनुहोस्