दार्चुला – आइतवार (भोलि) शिखर पुजन जात्राको अवसरमा दार्चुलाका दुई वटा पालिकाले सार्वजनिक बिदा दिएका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले सूचना निकालेर आइतवार असार १७ गते सार्वजनिक बिदा दिने जनाएका हुन ।
जिल्लाको प्रमुख धार्मिक पर्यटकीय स्थल मालिकार्जुन धाममा हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन मालिकार्जुन देवताको पुजन जात्रा लाग्ने गर्दछ । सोही जात्राको अवसरमा सार्वजनिक बिदा दिइएको पालिकाहरुले जनाएका छन् ।
सार्वजनिक बिदाका दिन पालिकाभरी रहेका सबै सरकारी कार्यालय बन्द रहने सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: शनिबार, असार १६, २०८० ०८:२८
प्रतिक्रिया दिनुहोस्