बैतडी- दार्चुलाको मार्मामा अचम्म भएको छ । एक जना पुरुष आफ्नै बुहारी लगेर फरार भएका छन् । भतिजाकी श्रीमती लगेर मार्मा गाउँपालिका ४ घोडेधारका गोबिन्द विष्ट फरार भएका पारिवारिक स्रोतले जनाएको छ । सोही ठाउँकी आफ्नै बुहारी नाता पर्ने जयन्ती विष्ट लगेर गोबिन्द दुई हप्ता देखि सम्पर्क विहिन भएका बताइएको छ ।
जेठ २८ गते माइत जान्छु भनेर गएकी श्रीमतीलाई काका लगेर फरार भएका जयन्तीका श्रीमान शंकर विष्टले बताए । ३ वर्ष सम्म विदेशमा कमाएको धनमाल लगेर श्रीमती काका संग भागेर गएकी उनले बताए । घरमा जयन्तीका दुई छोरा छन । श्रीमती भागेर गएपछि छोराहरुको बिच्चली भएको पीडित विष्टले दुखेसो पोखेका छन् । श्रीमती काका संग भागेपछि उनले विलौना पोखेका छन् ।
‘जेठ २८ गते घरबाट माइत घर जान्छु भनी गएकी र माईती घर बाट घर आउदा खेरि सोही ठाउँ मार्मा गाँउपालीका वडा नं ४ घोडेधार बस्ने काका गोबिन्द बिष्टले श्रीमती जयन्ती बिष्टलाई बिचबाटोबाट भगाएर लगेको र मैले विदेशमा ३ बर्ष बिताएर नखाई नलाई घामपानि नभनि दुख कष्ट झेलेर कमाएको आधा रकम पनि पहिलै देखिनै खाईदिएको र करिब एक तोला सुनका गरगहना सहिद लगेर दुईटै जना फरार भएका छन् । बाल बच्चाहरुको बेहाल बनाई दियो,सार्है दुःख दिएर गई ,उनले भने ।’
श्रीमतीको खोजिका लागि दार्चुला प्रहरीमा निवदेन दिएको समेत विष्टले बताए । कसैले देखेमा नेपालको लागि सम्पर्क नम्बर ९८६२५७७२४५र भारतमा ७०३७१४१७५७,९१२९१४३१२२ सम्पर्क गरिदिन आफन्त स्रोतले अनुरोध गरेका छन् ।