दार्चुला –दार्चुलाका ९ ओटा स्थानीय मध्ये ८ ओटा स्थानीय तहहरुले आगामी आर्थिक बर्ष २०८०÷८१ का लागि बजेट ल्याएका छन् । शैल्यशिखर नगरपालिका बाहेकका स्थानीय तहहरुले बजेट ल्याएका हुन् । नीति तथा कार्यक्रम ल्याइसकेको शैल्यशिखरले बजेट भने सार्वजनिक गरेको छैन् ।
जिल्लाको महाकाली नगरपालिकाले ६३ करोड २३ लाख ९७ हजार ६६० रुपैंयाको बजेट ल्याएको छ भने मालिकार्जुन गाउँपालिकाले ५९ करोड १३ लाख ६४ हजार बराबरको बजेट ल्याएको छ । यस्तै लेकम गाउँपालिकाले ४८ करोड ९७ लाख ५७ हजार ४ सयको बजेट ल्याउँदा दुहुँ गाउँपालिकाले ३६ करोड ४ लाख ७० हजार बराबरको बजेट ल्याएको छ ।
यस्तै अपिहिमाल गाउँपालिकाले ३० करोड ५० लाख ९७ हजार बराबरको बजेट ल्याएको छ भने नौगाड गाउँपालिकाले ४० करोड ७६ लाख ४७ हजार बराबरको बजेट ल्याएको छ ।
यसैगरी व्याँस गाउँपालिकाले ३८ करोड ४५ लाख २४ हजारको बजेट ल्याएको छ भने मार्मा गाउँपालिकाले ४० करोड ३३ लाख ६१ हजार बराबरको बजेट ल्याएको छ ।