Sagun Khabar
पहिरोले महाकाली राजमार्गको दार्चुला–गोकुलेश्वर सडक अवरुद्ध 
Atrya hospital

दार्चुला –महाकाली राजमार्गको दार्चुला–गोकुलेश्वर सडक खण्ड अवरूद्ध भएको छ । गएरातिको वर्षाका कारण ढुंगामाटो खसेपछि सडक अवरुद्ध भएको हो । 

सडक अवरूद्ध भएपछि लामो तथा छोटो दूरीका यातायात अवरूद्ध भएका छन् । दार्चुलाबाट महेन्द्रनगरका लागि हिँडेको गाडी बिहानैबाट असिगडामा रोकिएको र स्थानीय रूटमा चल्ने गाडी समेत बाटोमै रोकिएका स्थानीयहरुले बताएका छन् । 

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update