दार्चुला –दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । गाईवस्तु चराउन गोठाला गएकी लेकम गाउँपालिका ५ की अन्दाजी ३२ बर्षीया नन्दादेवी बोहराको राताकाठा भीरबाट लडेर मृत्यु भएको हो ।
बोहरा राताकाठा भीरबाट लडेको बुधबार दिउँसो थाहा पाइएको र घटनास्थलमा पुग्दा उनी मृत अवस्थामा फेला परेको मृतकका आफन्त केशव बोहराले बताए ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८० १५:०२
प्रतिक्रिया दिनुहोस्