दार्चुला –दार्चुलाको महाकाली नगरपालिका–७ धापस्थित मालिकार्जुन नमुना मावि धाप देशकै उत्कृष्ट विद्यालय बनेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सार्वजनिक गरेको नतिजा अनुसार मालिकार्जुन मावि धाप एक नम्बरमा पर्न सफल भएको हो ।
मालिकार्जुन नमुना मावि धापले व्यवस्थापकीय तथा शैक्षिक कार्यमा राम्रो काम गरेकाले उत्कृष्ट विद्यालयमा अटाएको मालिकार्जुन मावि धापका प्रधानाध्यापक सुन्दरसिंह बुढाथोकीले जानकारी दिए । शैक्षिक समीक्षा, कार्यालयको कार्यसम्पादन परीक्षणबाट मावि धाप देशकै उत्कृष्ट विद्यालय घोषणा भएको उनले बताए ।
मावि धापमा साधारण र प्राविधिक दुबै धारतर्फ पठनपाठन हुँदै आएको छ ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८० ११:२२
प्रतिक्रिया दिनुहोस्