दार्चुला – नेपाल प्रेस युनियन दार्चुलाको अध्यक्षमा कमलराज जोशी सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न भएको प्रेस युनियन दार्चुलाको छैटौं जिल्ला अधिवेशनले जोशीको अध्यक्षतमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
जिल्ला शाखाको उपाध्यक्षमा गणेश सिंह धामी, समावेशी उपाध्यक्षमा बिशन सिह बुढाथोकी, सचिवमा प्रकाशचन्द्र भट्ट, सहसचिवमा बिजया जोशी र कोषाध्यक्षमा नरेन्द्र राज बडू सर्वसम्मत चयन भएका छन् ।
यस्तै सदस्यहरुमा क्रमशः रणजित सिंह खत्री, दिपक साउद, हिरा सिंह धामी, गोबिन्द सिंह धामी, मनिषा बिष्ट, सुनिता कार्की र हेमन्ती भट्ट चयन भएका छन् । युनियनका केन्द्रीय उपाध्यक्ष प्रेम चुनाराको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो ।
प्रकाशित मिति: आइतबार, असार ३, २०८० ०७:१३
प्रतिक्रिया दिनुहोस्