दार्चुला – दार्चुलाको गोकुलेश्वरमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । शैल्यशिखर नगरपालिकाको व्यवस्थापकीय सहयोग र गेटा आँखा अस्पताल धनगढी, कैलालीको प्राविधिक सहयोगमा गोकुलेश्वरमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको हो ।
शनिबार एक कार्यक्रमकाबीच आँखा उपचार केन्द्रको उद्घाटन गरिएको छ । शैल्यशिखरका नगर प्रमुख विजयसिंह धामी र उपप्रमुख शान्ति खडायतले एक कार्यक्रमका बिच आँखा उपचार केन्द्रको उद्घाटन गरेका हुन् ।
आँखा उपचार केन्द्र सञ्चालनमा आएपछि शैल्यशिखर र आसपासका नागरिकहरुलाई सहज हुने भएको छ ।
प्रकाशित मिति: शनिबार, असार २, २०८० १४:२५
प्रतिक्रिया दिनुहोस्