दार्चुला – दार्चुलामा महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । मालिकार्जुन गाउँपालिका–३ का वडाध्यक्ष मदनसिंह धामी जबरजस्तीकरणी आरोपमा पक्राउ परेका हुन् ।
गत माघ २० गते महिलालाई जबरजस्तीकरणी गरी वडाध्यक्ष धामी फरार भएका थिए । पीडित महिलाले गएको फागुन ५ गते जिल्ला प्रहरी कार्यालय दार्चुलामा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा वडा अध्यक्ष धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए ।
दार्चुला बसपार्कबाट बुधबार पक्राउ गरिएका धामीलाई जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनले बताए ।
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८० १०:१९
प्रतिक्रिया दिनुहोस्