बैतडी –बैतडीको पाटन नगरपालिकालाई युवाहरुले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा युवा लक्षित कार्यक्रम समावेश गर्नुपर्ने भन्दै विभिन्न सुझाव बुझाएको छ । पाटनका १० ओटै वडामा गठन भएका युवा क्लबका तर्फबाट नगरपालिकालाई सुझाव पत्र बुझाएको वडा नं ९ का गठन भएको वडास्तरीय युवा क्लबका अध्यक्ष सञ्जय भण्डारीले बताए ।
आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा युवाहरुका सवाललाई समावेश गनुपर्ने मागसहित सुझाव पत्र पेश गरेको उनले बताए । युवाहरुले नगरपालिकालाई बुझाएको सुझाव पत्रमा युवा लक्षित कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ ।
आर्थिक विकास, सामाजिक विकास, वातावरण तथा विपद् व्यवस्थापन, सेवा प्रवाह र सुशासन र पूर्वाधार विकासका क्षेत्रहरुमा युवाका तर्फबाट सुझाव पेश गरिएको भण्डारीले बताए ।
यस्तै आगामी आर्थिक बर्षमा युवाहरुका लागि सीपमूलक तालिम, सांस्कृतिक रुपान्तरणमा युवा सचेतना कार्यक्रम, लागुऔषध दुव्र्यसनबाट बचाउन सचेतनामूलक कार्यक्रम, नगर प्रमुख युवा उद्यमशीलता कार्यक्रम र नमूना युवा नगरसभा कार्यक्रम सञ्चालन गर्न माग गरिएको बताइएको छ ।
पाटन नगरपालिकामा पुगेर नगर उपप्रमुख कमलसिंह बोहरालाई सुझाव पत्र र कार्यक्रमहरु पेश गरिएको वडा नं ४ मा गठन भएको युवा क्लबका अध्यक्ष अमरप्रसाद भट्टले बताए ।




