बैतडी – जिल्ला प्रशासन कार्यालय बैतडीले असोज महिनाको ‘मासिक उत्कृष्ट कर्मचारी’ छनौट गरेको छ । गएको वैशाखदेखि ‘मासिक उत्कृष्ट कर्मचारी’ छनौट गर्दै आएको प्रशासनले असोज महिनाको उत्कृष्ट कर्मचारीको रुपमा कार्यालयमा कार्यरत कार्यालय सहयोगी कविन्द्रप्रसाद पन्तलाई छनौट गरेको हो ।
उत्कृष्ट कर्मचारी घोषणा भएका पन्तलाई कार्यालयकातर्फबाट खादा लगाएर सम्मान गरिएको छ भने उत्कृष्ट कर्मचारी लेखिएको फोटो कार्यालयमा राखिएको छ । कर्मचारीहरुको मनोबल बढाउन र सेवाग्राहीलाई सेवा प्रवाहमा सहजताका लागि ‘मासिक उत्कृष्ट कर्मचारी’ छनौट गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन् ।
कर्मचारीहरुको मनोबल बढाउन र सेवा प्रवाहमा सहजता ल्याउनका लागि उत्कृष्ट कर्मचारी छनौट गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् ।
कार्यालयबाट प्रवाह हुने सार्वजनिक सेवाहरुलाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउनका लागि यसले थप सहयोग मिल्ने विश्वास लिइएको छ ।
उत्कृष्ट सेवा प्रवाह, सुशासन र कर्मचारीहरुको उत्प्रेरणाका लागि कार्यालय प्रतिबद्ध रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् ।





