Sagun Khabar
बैतडीमा कर्मचारीको आन्दोलन जारी, माग सम्बोधन नभए विद्यालय बन्द गर्ने चेतावनी 

बैतडी- बैतडीमा विद्यालय कर्मचारीहरुको आन्दोलन जारी रहेको छ । सरकारले पारिश्रमिक वृद्धि नगरेको भन्दै  जिल्लाका  सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी आन्दोलित छन् । 

शिक्षा विकास तथा समन्वय इकाई कार्यालय बैतडीमा धर्ना दिने सभा सम्मेलन,गोष्ठि, अन्तरकृया गर्ने लगायतका दवाबमूलक कार्यक्रम अहिले पनि जारी रहेका विद्यालय कर्मचारी विनोद बोहराले  बताए ।

२१ गते  देखि शिक्षा कार्यालयमा धर्ना जारी रहेको उनले  बताए । नीति तथा कार्यक्रममा  विद्यालय कर्मचारीको सेवा सुविधा बारे ग्यारेन्टी गरिने छ भने पनि बजेटमा समावेश नगरेकाले विद्यालय कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । २६ गते सम्म धर्ना जारी रहने र त्यसपछि अनशन सहित असार ३ गतेबाट विद्यालय बन्द गर्ने  कार्यक्रम रहेको कर्मचारी खेम बहादुर  खडायत  बताए ।

सरकारले आफुहरुका  माग सम्बोधन नगरेकाले आन्दोलन गर्नुे परेको उनले बताए । विद्यालयमा कार्यरत कर्मचारी न्यून पारिश्रमिकमा काम गरिरहेका छन् । अहिले  सामुदायिक विद्यालयमा कार्यरत कार्यालय सहयोगीले ८ हजार पाउँछन् भने लेखापालले १३ हजार ५ सयमा डिउटी बजाउनु पर्ने बाध्यता छ ।

 सरकारले आफुहरु माथि श्रमशोषण गरेको  उनिहरुको  आरोप छ । माग सम्बोधनका लागि सरकार तयार नहुँदा सम्म आन्दोलन जारी राख्ने  विद्यालय कर्मचारीहरुको  चेतावनी  छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update