Sagun Khabar
बैतडीमा युवायुवतीलाई  मोबायल मर्मत तथा ब्युटीसियन तालिम

बैतडी- बैतडीमा मोबायल मर्मत तथा ब्युटीसियन तालिम दिइएको छ । घरेलु तथा साना उद्योग कार्यालय बैतडीको सयहयोग तथा मेलौली  नगरपालिका –२ को आयोजनामा युवायुवतीलाई सीप विकास तालिम दिइएको  हो ।

मेलौली नगरपालिका–२ मा तिन महिना तालिम चलेको हो । मोबायल मर्मत तथा आधारभूत ब्युटीसियन  तालिम सम्पन्न भएको वडा अध्यक्ष कृष्ण दत्त भट्टले  बताए ।

 वडा र  घरेलु तथा साना उद्योग कार्यालय बैतडीको सहयोगमा युवायुवतीलाई  सीप सिकाएर  आत्मनिर्भर बनाउन  मोबायल मर्मत तालिम दिइएको उनले  बताए । आधारभुत ब्युटीसियन तालिममा १० जना महिला र मोबायल मर्मत तालिममा २ जना महिला ८ पुरुषको सहभागिता रहेको थियो । वडाले तालिमको आयोजना गरेर सिक्ने अवसर मिलेको  भन्दै  युवायुवती खुसि भएका छन् ।

स्थानीयतहरु अहिले घरेलु तथा सना उद्योगको कार्यालयको  सहयोगमा बेरोजगारलाई  सीप सिकाउदै  छन् । बेरोजगार भएर  बसेका नागरिकहरुलाई  अहिले  सीप सिकाउने काम भैरहेको   घरेलु तथा सना उद्योगको कार्यालय बैतडीले जनाएको  छ । 

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update