Sagun Khabar
बैतडीका स्थानीय तहहरुलाई १५ दिनभित्र विपद व्यवस्थापन योजना बनाउन आग्रह 

बैतडी –बैतडीका स्थानीय तहहरुलाई १५ दिनभित्र विपद व्यवस्थापन योजना बनाउन आग्रह गरिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले १५ दिनभित्र स्थानीय विपद् पूर्वतयारी तथा प्रतिकार्ययोजना तर्जुमा गरेर जिल्ला विपद् व्यवस्थपान समितिको सचिवालयमा पठाउन आग्रह गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद व्यवस्थापन समितिका संयोजक सुरेश पन्थीको अध्यक्षतामा बसेको बैठकमा १० ओटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो । 

यस्तै चालु आर्थिक बर्षमा स्थानीय तहहरुले विपद् पूर्वतयार,रोकथाम र प्रतिकार्यका लागि गरेको कामहरुको प्रतिवेदन बनाएर असार १० भित्र जिल्ला प्रशासन कार्यालयमा पठाउन आग्रह गरेको छ । 

यस्तै विपद् प्रतिकार्यका सामग्रीहरुको अभिलेख जिल्ला विपद व्यवस्थापनमा पठाउनुपर्ने निर्णय समेत भएको छ । 

यस्तै आगामी मनसुनजन्य विपद्बाट प्रभावित हुन सक्ने क्षेत्रहरुको पहिचान गरी आवश्यक पूर्वतयारी गर्नुपर्ने बैठकले निर्णय गरेको छ । यसका लागि सबै निकायहरुले आ–आफ्नो क्षेत्रमा तयारी अवस्थामा रहनुपर्ने निर्णय भएको छ । 

यस्तै बैतडीसहित सुदूरपश्चिमका जिल्लाहरुमा घरपालुवा पशुहरुमा फैलिएको लम्पी स्कीन रोगको रोकथामका लागि आवश्यक पहल गर्ने र त्यसका लागि सम्बन्धीत तहका भेटनरी शाखाहरुले प्रभावकारी कदम चाल्नुपर्ने निर्णय भएको जनाइएको छ । 
350381014_9538647072843091_6072747309532655205_n1685944551.jpg

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update