Sagun Khabar
बैतडीको श्रीकोट बहुमुखी क्याम्पसमा गर्मी विदा

बैतडी- बैतडीको श्रीकोट बहुमुखी क्याम्पसले गर्मी विदा दिएको  छ । जिल्लाको  दोगडाकेदार गाउँपालिका ३ खोचलेक स्थित श्रीकोट बहुमुखी क्याम्पसले  आइतबार बाट गर्मी विदा दिएको हो ।

क्याम्पसले  एक सूचना जारी  गरेर जेठ२१ गतेबाट असार ५ गते सम्म विदा दिएको  जनाएको छ ।  जेठ २१ गते देखि असार ५ गतेसम्म गर्मी विदा दिइएको क्याम्पस प्रमुख दानसिंह कार्कीले जानकारी दिए ।

उक्त अवधिमा पठनपाठन बन्द रहने र सार्वजनिक विदाको दिन बाहेक अन्य दिन प्रशासनिक कार्य भने खुल्ला रहने  उनले  बताए ।  क्याम्पस असार ६ गते बिहान साढे ७ बजे देखी सञ्चालन हुने क्याम्पस प्रमुख कार्कीले बताए ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update