Sagun Khabar
बैतडीको सुर्नया ८ मा कांग्रेसको वडा सम्मेलन सम्पन्न 

बैतडी –बैतडीको सुर्नयामा नेपाली कांग्रेसले वडा सम्मेलन शुरु गरेको छ । वडा नं ८ बाट वडा सम्मेलन शुरु गरिएको नेपाली कांग्रेस सुर्नयाका सभापति प्रतापसिंह महराले जानकारी दिए । 

आज पहिलो दिन वडा नं ८ मा वडा सम्मेलन सम्पन्न गरिएको उनले बताए । नेपाली कांग्रेस सुर्नया गाउँपालिका वडा नं ८ का सभापति भानबहादुर बोहराको अध्यक्षतामा भएको सम्मेलनमा नेपाली कांग्रेसका सुर्नया सभापति प्रतापसिंह महरा प्रमुख अतिथी रहेका थिए । 

सम्मेलनमा कांग्रेसको संगठन विस्तार, अहिले सम्मको समीक्षा र आगामी कार्यदिशाको बिषयमा छलफल भएको वडा सभापति बोहराले बताए । यस्तै क्रियाशील सदस्यता वितरणका सम्बन्धमा पनि छलफल भएको उनले बताए । 

सुर्नया गाउँपालिकाको वडा नं ८ बाट वडा सम्मेलन शुरु भएको र अब अरु वडामा सम्मेलन गरिने बताइएको छ । 

नेपाली कांग्रेसले संगठन विस्तार अभियान अन्तर्गत वडा सम्मेलन गरिरहेको हो । जिल्लाभरी नै वडा सम्मेलन गर्ने कार्यक्रम सञ्चालनमा रहेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए । 
 

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update