Sagun Khabar
पेशागत महासंघ बैतडीको अध्यक्षमा ओझा 

बैतडी –पेशागत महासंघ बैतडीको अध्यक्षमा रामचन्द्र ओझा चयन भएका छन् । एमालेको पार्टी कार्यालय गढीमा भएको महासंघको चौथो अधिवेशनले ओझाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत चयन गरेको हो । 

महासंघको उपाध्यक्षमा शेरसिंह कार्की, महिला उपाध्यक्षमा गंगा शर्मा, सचिवमा चक्रदेव जोशी, कोषाध्यक्षमा मनोज जोशी लगायत अन्य सदस्यहरु रहेका छन् । 
 

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update