Sagun Khabar
मेलौली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कार्की 

बैतडी –बैतडीको मेलौली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा नगरपालिकामै कार्यरत सपना कार्कीलाई खटाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगर कार्यपालिकाको निर्णय बमोजीम कार्कीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो । 

उनलाई असार मसान्त सम्मका लागि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको मन्त्रालयले लेखेको पत्रमा उल्लेख गरिएको छ । कार्की २०७८ सालदेखि मेलौली नगरपालिकामा अधिकृतस्तर छैटौं तहमा कार्यरत रहेकी छन् । 

मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीको गृह मन्त्रालयमा सरुवा भएपछि कार्कीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो । 

कार्कीले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएसंगै नगरपालिकामा रोकिएका भुक्तानी लगायतका कामहरु अब सुचारु हुने नगर प्रमुख भीमबहादुर चन्दले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update