दार्चुला –दार्चुलामा अवैध काठ बरामद गरिएको छ । जिल्लाको व्यास गाउँपालिका वडा नम्बर १ छाङ्रुस्थित सुतला सामुदायिक वनबाट ५१ थान काठ बरामद गरिएको हो ।
सामुदायिक वन उपभोक्ता समितिले उक्त काठ बरामद गरेको हो । गोप्य सूचनाको आधारमा काठ फेला परेको समितिले जनाएको छ ।
काठ काटिएको ठाउँमा बञ्चरो र सब्बल फेला परेका छन् । वनमा काठ काट्दै गरेका मानिस भने भागेका वन समितिले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८० १६:४८
प्रतिक्रिया दिनुहोस्