Sagun Khabar
सवारी दुर्घटना न्यूनीकरणका बिषयमा बैतडीमा चालक र सहचालकहरुसंग छलफल 

बैतडी –सवारी दुर्घटना न्यूनीकरणका बिषयमा बैतडीमा सवारी चालक र सहचालकहरुसंग छलफल गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालयले गोठलापानीमा छलफलको आयोजना गरिएको हो । 

छलफलमा सवारी चालक र सहचालकहरुको सहभागिता रहेको थियो । छलफलका क्रममा सवारी दुर्घटना न्यूनीकरणका बिषयमा जोड दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दशरथ नाथले जानकारी दिए । 

छलफलमा सहभागीहरुलाई ट्राफिक नियमका बिषयमा जानकारी दिनुका साथै सवारी दुर्घटना न्यूनीकरणका लागि अपनाउन सकिने उपायका बिषयमा कुराकानी भएको उनले बताए । 

सवारी चालक र सहचालकहरुलाई ट्राफिक नियमका बारेमा जानकारी दिनुका साथै क्षमता अनुसार मात्रै यात्रु बोक्न आग्रह गरिएको नाथले बताए । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update