Sagun Khabar
आगामी बर्षको नीति तथा कार्यक्रमको लागि सुझाव संकलन गर्दै बैतडीका स्थानीय तह

बैतडी –बैतडीका स्थानीय तहहरुले आगामी आर्थिक बर्ष २०८०÷८१ का लागि राय सुझाव संकलन गर्न थालेका छन् । आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रमको तयारी भइरहेका बेला स्थानीय तहहरुले राय सुझावको माग गरेका हुन् । 

पाटन नगरपालिकाले एक सूचना जारी गर्दै आर्थिक विकास, पूर्वाधार विकास, सामाजिक विकास, वन वातावरण, सेवा प्रवाह र सुशासनका सवालमा आफ्ना सुझाव सल्लाह र राय पेस गर्न सकिने जनाएको छ ।

असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको र त्यसैको तयारी स्वरुप सुझाव सल्लाह संकलन गरिन लागिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।

यस्तै दशरथचन्द नगरपालिकाले पनि गैरसरकारी संस्थाहरुलाई आफ्ना कार्यक्रम पेश गर्न आग्रह गरेको छ । 

जिल्लाका अन्य स्थानीय तहहरुले पनि आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव संकलन गरिरहेका बताइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update