बैतडी –यति बेला प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) मित्र राष्ट्र भारतको भ्रमणमा रहेका छन् । प्रधानमन्त्रीको भारतका भ्रमणका बेला हरेक समय चर्चामा रहने पञ्चेश्वर परियोजना अहिले पनि चर्चामै रहेको छ ।
दुवै देशको सहमतिमा निर्माण गरिने भनिएको पञ्चेश्वर परियोजनाको काम लामो समयदेखि अगाडि बढ्न सकेको छैन् ।
सन् १९५६ मा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको बाँध स्थल भारतीय पक्षले पहिचान गरेको थियो । सन् १९९१ मा ३१५ मिटरको बाँध बनाइ ६ हजार ४८० मेगावाट विद्युत उत्पादन गर्न सकिने सम्भाव्यता अध्ययन भएको थियो ।
द्वि–राष्ट्रिय लगानिमा सम्पन्न गर्ने भनिएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम अपेक्षाकृत रुपमा अघि बढ्न सकेको छैन् । २०६६ साल मंसिर ९ गते दुवै देशको सहमतिमा पञ्चेश्वर विकास प्राधिकरण समेत गठन गर्ने सहमति भएको थियो ।
दुवै देशको लगानिमा सम्पन्न गर्ने भनिएको आयोजना लामो समयदेखि चर्चामै रहेकाले प्रधानमन्त्रीको भारत भ्रमणमा यो बिषयमा छलफल हुनुपर्ने प्रभावित क्षेत्रका नागरिकहरुले माग राखेका छन् ।
पञ्चेश्वर बहुउद्देश्यीय आयोजना लामो समयदेखि चर्चामा रहेकाले प्रधानमन्त्रीले यो बिषयमा भारतसंग ठोस रुपमा कुराकानी गर्नुपर्ने शिक्षक चन्द्रमोहन तिवारीले बताए । लामो समयदेखि चर्चामा मात्रै रहेको यो आयोजनाको बिषयमा नेपालले भारतसंग प्रष्ट कुरा राख्न सक्नुपर्नेमा उनले जोड दिए ।
प्रधानमन्त्रीको भ्रमणको समयमा आयोजनाको काम अघि बढ्ने÷नबढ्ने बिषयमा प्रष्ट छलफल हुनुपर्ने अर्का स्थानीय रमेशसिंह भण्डारीले बताए । उनले भने ‘लामो समयदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाका बिषयमा भारतसंग प्रष्ट रुपमा छलफल हुनुपर्छ । पञ्चेश्वर अब चर्चाको बिषयमात्रै हुनुहुँदैन् ।’




