बैतडीमा सूर्तीजन्य पदार्थ सेवन न्यूनीकरण सम्बन्धी अन्तरक्रिया
बैतडी–बैतडीमा सूर्तीजन्य पदार्थ सेवन न्यूनीकरण सम्बन्धी एकदिने अन्तरक्रिया सम्पन्न भएको छ । विश्व सूर्तजन्य पदार्थ रहित दिवसको अवसरमा स्वास्थ्य कार्यालयले अन्तरक्रियाको आयोजना गरेको हो ।
अन्तरक्रियामा सूर्तीजन्य पदार्थ सेवन न्यूनीकरणका लागि बनेका ऐन, नियम र कानुका बारेमा जानकारी दिइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
सूर्तीजन्य पदार्थ विक्रि वितरण जहीँतहीँबाट भइरहेकाले यसको रोकथाममा सबैले ध्यान दिनुपर्नेमा अन्तरक्रियामा आवाज उठेको छ ।
सूर्तीजन्य पदार्थ सेवनले हानी पुर्याउने बिषयमा सबै जानकार भएपनि यसको प्रयोगमा कमी नआएकाले नागरिक आँफैले सचेत बन्नुपर्ने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८० १८:०४
प्रतिक्रिया दिनुहोस्




