दार्चुला– दार्चुलामा करेन्ट लागेर एकजना शिक्षकको मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका वडा नं ३ का दमनसिंह कार्कीको मंगलबार करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
शिक्षक कार्की अपिहिमाल गाउपालिका वडा नम्बर ४ स्थित सरस्वती आधारभूत विद्यालय मरखोलामा बिगत ८ वर्ष देखि अध्यापनरत रहेका थिए ।
आफ्नै घर नजिकको बिजुलीको पोलमा चढेर विद्युत मर्मत गरिरहेका बेला करेन्ट लागेर कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८० ०७:२४
प्रतिक्रिया दिनुहोस्