बैतडी – बैतडीका स्थानीय तहहरुले आगामी आर्थिक बर्षका लागि संघीय सरकारबाट ३ अर्ब ७० करोड ८२ लाख बराबरको बजेट पाएका छन् । अन्तर सरकारी बित्तीय हस्तान्तरण अन्तर्गत आगामी आर्थिक बर्षका लागि सो बजेट विनियोजन गरिएको हो ।
जिल्लाको दशरथचन्द नगरपालिकामा ५० करोड १४ लाख, पाटनमा ४८ करोड १४ लाख, पुर्चाैडी नगरपालिकामा ४७ करोड ५० लाख र मेलौली नगरपालिकामा ३६ करोड ४५ लाख बिनियोजन गरिएको छ ।
यस्तै डिलासैनी गाउँपालिकामा ३३ करोड ८४ लाख, दोगडाकेदार गाउँपालिकामा ३८ करोड २५ लाख, पञ्चेश्वर गाउँपालिकामा २८ करोड ५८ लाख, शिवनाथ गाउँपालिकामा २६ करोड ८४ लाख, सिगास गाउँपालिकामा २९ करोड ९२ लाख र सुर्नया गाउँपालिकामा ३१ करोड १६ लाख बजेट विनियोजन भएको छ ।
चालु आर्थिक बर्षको भन्दा आगामी आर्थिक बर्षको बजेट केही कम रहेको बताइएको छ ।




