बैतडी- पाचौँ राष्ट्रिय महिला अधिकार दिवस बैतडीमा पनि मनाइएको छ । एमाले निकट अखिल नेपाल महिला संघ बैतडीले मंगलबार पाचौँ राष्ट्रिय महिला अधिकार दिवस मनाएको हो ।
दिवको अवसरमा गणतन्त्रमा महिला बिषयक अन्तरक्रिया कार्यक्रम गरिएको अनेम संघकी स्थायी कमिटी सदस्य सरस्वती नेपालीले जानकारी दिइन् । अन्तरक्रियाका सहभागीहरुले महिलाका अधिकार अझै सुनिश्चीत नभएको बताएका छन् । कोटा तोकिएका सरकारी निकायहरुमा समेत महिलाको अर्थपूर्ण रुपले सहभागी नगराइएको प्रति उनिहरुले आपत्ती जनाएका छन् ।
नेपालमा बनेका नीति नियम र कानुन पूर्ण रुपले कार्यान्वयन भए मात्रै महिला हिंसा लगायतका हिंसाहरु न्यूनीकरण हुने संघकी स्थायी कमिटी सदस्य नेपालीले बताइन् । महिलाका अधिकारका लागि अझै महिलाहरु संगठीत हुनुपर्नेमा सहभागिहरुले जोड दिएका छन ।
अनेम संघका जिल्ला अध्यक्ष पार्वती कार्कीले सभाध्यक्षतामा सम्पन्न महिला अधिकार दिवस कार्यक्रममा अनेम संघका जिल्ला ,प्रदेशका पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो ।




