Sagun Khabar
बैतडीः  बाशुदेव मावि लिस्किटाको विव्यस अध्यक्षमा चन्द

बैतडी- बैतडीको बाशुदेव मावि लिस्किटामा विद्यालय व्यवस्थापन समिति गठन गरिएको  छ ।  जिल्लाको सुर्नया गाउँपालिका वडा नं २ स्थित बाशुदेव माविमा आइतबार बसेको  अभिभावक भेलाबाट  नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको  हो । 

निवर्तमान समितिको कार्यकाल समाप्त भएपछि आइतबार पूर्व शिक्षक देव बहादुर चन्दको  अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको विद्यालयका लेखापाल बिरेन्द्र  पाण्डेले जानकारी दिए । चन्द अध्यक्षमा सर्वसम्मत चयन भएका बताइएको छ ।  यस्तै शिक्षक अभिभावक संघ पनि गठन गरिएको छ ।

पूर्ण बहादुर चन्दको  अध्यक्षतामा शिक्षक अभिभावक संघ  गठन गरिएको  लेखापाल पाण्डेले  बताए । पछिल्लो  समय बाशुदेव मावि दक्ष जनशक्ति उत्पादन गर्ने  शिक्षण संस्थाको  रुपमा परिचित हुँदै गएको  छ ।  बाशुदेव मावि लिस्किटा शैक्षिक र  प्रशासनिक हिसावले अब्बल बन्दै गएपछि   अभिभावक विद्यार्थीको आकर्षणको  केन्द्र बनेको  हो । शैक्षिक गुणस्तर वृद्धिसँगै यो विद्यालय  उत्कृष्ट शैक्षिक संस्थाको रुपमा आफूलाई प्रस्तुत गरिरहेको छ ।

गुणस्तरीय शिक्षा, अतिरिक्त क्रियाकलाप र अनुशासनका कारण  विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण बढेको शिक्षकहरुले बताए । २००६ सालमा स्थापना भएको यो विद्यालयमा अहिले ४ सय विद्यार्थी  अध्यानरत रहेका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update