बैतडी- कृषि ज्ञान केन्द्र बैतडीले फलफूलका विरुवा वितरण गर्ने भएको छ । आइतबार एक सूचना जारी गरेर कृषि ज्ञान केन्द्र बैतडीले ५० प्रतिशत अनुदानमा बर्षे फलफूलका विरुवा वितरण हुने जनाएको हो ।
वर्षे फलफूल विरुवा वितरण गरि बगैँचा स्थापना गर्नुे पर्ने भएकाले ५० प्रतिशत अनुदानमा व्यवसायीक फलफूल खेति गरिरहेका वा गर्न इच्छुक कृषक, कृर्षक समूहलाई निवेदन दिन अनुरोध गरिएको छ । सुन्तला, कागती,आँप,लीचि , अनार लगायतक फलफूलका विरुवा वितरण गरिने बताइएको छ ।
वार्षिक स्वीकृत कार्यक्रम अनुसार वर्षे फलफूल विस्तार कार्यक्रम सञ्चालनका लागि सरकारी मुल्य सूचिको ५० प्रतिशत अनुदानमा वर्षे फलफूल विरुवा वितरण गरि बगैँचा स्थापना गर्नुे पर्ने भएकाले व्यवसायीक फलफूल खेति गरिरहेका वा गर्न इच्छुक कृर्षक, कृर्षक समूहले १५ दिन भित्र निवदेन दिन सूचना मार्फत अनुरोध गरिएको हो ।
सूचना जारी गरिएको र मागका आधारमा कृषकहरुलाई बर्षे फलफूलका विरुवा वितरण गरिने कृर्षि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख घनस्याम चौधरीले बताए ।




