Sagun Khabar
बैतडीको डिलाशैनीका सामुदायिक  विद्यालयमा अनुगमन  

बैतडी- बैतडीको  डिलाशैनीका विद्यालयमा निरीक्षण गरिएको  छ । विद्यालयमा रहेका समस्या पहिचानका लागि जनप्रतिनिधि र सरोकारवालाको टोलीले सामुदायिक विद्यालयको  निरीक्षण सुरु गरेको हो ।  

नियमित अनुगमन अन्तर्गत  आइतबार वडा नं  २ र  ३ का सामुदायिक विद्यालयहरुको भौतिक व्यवस्थापन,पठनपाठनको स्थिति र प्रशासनिक तथा शैक्षिक गतिविधिहरुको निरीक्षण गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञ राज भट्टले जानकारी दिए । 

पहिलो पटक शैक्षिक क्यालेण्डर  जारी गरेको  डिलाशैनी  गाउँपालिकाले  अहिले  शैक्षिक गुणस्तर सुधारका लागि काम गरिरहेको  गाउँपालिका प्रवक्ता भट्टले  बताए । अनुगमनका क्रममा देखिएका समस्या समाधान गरिने बताइएको  छ । पालिका शैक्षिक गुणस्तर वृद्धिका  लागि संकल्प लिएर  अगाडी बढेको र सम्बन्धित पक्षलाई  शिक्षा क्षेत्रको  विकासका लागि जिम्मेवार बनाउन लागि परेका   प्रवक्ता भट्टको  भनाई  छ ।

अनुगमनमा गाउँपालिकाका प्रवक्ता, शिक्षा शाखा प्रमुख, सामाजिक शाखा प्रमुखको सहभागिता रहेको  थियो ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update