बैतडी-बैतडीको दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आए संगै रोकिएका काम सुचारु भएका छन् । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले उपसचिव खटाए संगै यी नगरपालिकामा कामकाज सुचारु भएका हुन् ।
मन्त्रालयबाट दशरथचन्द नगरपालिकामा हरिबहादुर भुजेल र पाटन नगरपालिकामा अर्जुन शर्मा प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएसंगै आर्थिक तथा प्रशासनिक कामहरु सुचारु भएका बताइएको छ । यी दुवै नगरपालिकामा हकिम नहुँदा कामकाज रोकिएका थिए ।
पाटनमा यो भन्दा पहिला आएका उपसचिव ओमप्रसाद पाण्डे एक महिना नहुँदै सरुवा भएपछि पाटन नगरपालिका हाकिम विहिन थियो भने दशरथचन्द नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्द अनिवार्य अवकाशमा परेपछि दशरथचन्द नगरपालिका पनि हाकिम विहिन थियो ।
नयाँ हाकिम आएपछि कार्यालयमा रोकिएका कामहरु सुचारु भएका नगरपालिकाह्रुले जनाएका छन्। नयाँ हाकिम हाजिर भएपछि अहिले योजनाको भुक्तानी लगायतका कामहरु भैरहेका छन् ।




