Sagun Khabar
होटेलमा बेहोस अवस्थामा भेटिएका पञ्चेश्वरका रनी चन्दको मृत्यु 

बैतडी – बैतडीको एक होटेलमा बेहोस अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका ७ काँडा बजारस्थित रिसब होटेलमा बेहोस अवस्थामा भेटिएका पञ्चेश्वर गाउँपालिका २ का ५७ बर्षीय रनी चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । 

भारतबाट आएका चन्द जेठ ११ गतेदेखि उक्त होटेलमा बसीरहेका थिए । आज विहान खाना खानका लागि होटेलका कर्मचारीले बोलाउँदा चन्द बेहोस अवस्थामा फेला परेका थिए । 

बेहोस अवस्थामा फेला परेका चन्दको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको हो । चन्दको मृत्युको कारण भने खुल्न सकेको छैन् । 

घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक लोकराज जोशीको नेतृत्वमा टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update