Sagun Khabar
संभावित विपद्बारे सूचित गर्न कञ्चनपुरका ३ पालिकामा आधुनिक साइरन जडान 

बैतडी- कञ्चनपुरका ३ पालिकामा आधुनिक साइरन जडान  गरिएका छन् । संभावित विपद्बारे सूचित गर्न आधुनिक साइरन जडान  गरिएका हुन् ।

नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यालयको सहजीकरण,राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण द्वारा बहुप्रकोपीय पूर्वसूचना प्रणालीका लागि पुनर्वास नगरपालिका, लालझाडी गाउँपालिका र शुक्लाफाँटा नगरपालिकामा  पहिलो पटक आधुनिक  (साइरन प्रणाली) जडान गरिएका  नेपाल रेडक्रस सोसाइटी स्ट्रोङ  परियोजना शुक्लाफाटा नगरपालिकाका पालिका सहायक देब बहादुर महराले  जानकारी दिए ।

Atrya hospital

यो साइरन प्रणाली पुनर्वास नगरपालिका वडा नं ५ को चन्द्रबाल आधारभूत विद्यालय, लालझाडी गाउँपालिकाको वडा नं १ शारदा माध्यमिक विद्यालय,वडा नं २ को स्वास्थ्यचौकी शंकरपुर, वडा नं ३ खानेपानी टयांकि नन्दगाँउ  र वडा नं ४ खानेपानी ट्यांकि सिकलपट्टिमा जडान भएको बताइएको  छ ।

 यस्तै  शुक्लाफाटा नगरपालिकाको वडा नं ८ बेल्डाँणी स्थित सिद्धनाथ मावि, वडा नं १२ को  कालागौडी स्थित वडा कार्यालय र वडा नं ५  गर्जुमनी स्थित  वडा कार्यलयमा (साइरन) जडान गरिएको महराले  बताए  ।  यो प्रणालीले संभावित विपद्बारे सर्वसाधारण नागरिकहरुलाई सूचित गर्ने छ ।

साइरन प्रणालीमा सिमकार्ड र इन्टरनेटको सुविधा हुने भएकाले स्थानीय पालिका, जिल्ला, प्रदेश र केन्द्रबाट सूचना प्रवाह गर्न सकिने बताइएको  छ ।  यस प्रणालीले ध्वनी मात्र निकाल्ने नभएर स्थानीय भाषामा समेत सूचना वा जानकारी दिन सक्नेछ । साइरनको ध्वनी उपकरण राखिएको स्थानबाट करिब २ किलोमिटर टाढा  सम्म सुन्न सकिनेछ ।  

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update