Sagun Khabar
कञ्चनपुरमा पत्रकारमाथि प्रहरीको  धरपकड, एसपीको सरुवा गर्न माग 

बैतडी - कञ्चनपुरमा रिपोर्टिङका क्रममा प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएपछि नेपाल पत्रकार महासंघ कञ्चनपुरले जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) को सरुवा माग गरेको छ ।

मंगलबार साँझ महेन्द्रगरको सुकासाल चोकमा प्रहरी र भारतबाट क्यारिङमा सामान बोक्नेहरुबीच झडप भइरहेका बेला भिडियो खिचिरहेको अवस्थामा पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

Atrya hospital

सोही विषयलाई लिएर पत्रकार महासंघ कञ्चनपुरका शाखाका अध्यक्ष माधव धामीको अध्यक्षतामा बसेको पत्रकारहरुको बैठकले एसपी कमल थापा सुरुवातदेखि नै मिडियामैत्री नदेखिएको भन्दै सरुवा गर्न माग गर्ने निर्णय गरेको हो।एसपी थापाको सरुवा गर्न माग गर्दै पत्रकार महासंघ कञ्चनपुर शाखाले नेपाल प्रहरीका प्रमुखलाई पत्राचार गर्ने निर्णय गरेको सचिव राजेन्द्र अवस्थीले जानकारी दिए ।उनका अनुसार एसपीलाई पाँच दिनभित्र सरुवा नगरिएमा जिल्लामा उनले गर्ने सबै कार्यक्रम बहिष्कार गर्ने निर्णय समेत गरिएको छ ।

पत्रकारलाई शान्तिपूर्ण वातावरणमा समाचार संकलन गर्ने वातावरण मिलाउन स्थानीय प्रशासनसँग छलफल समेत गर्ने भएको छ । यसैबीच नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले पनि रिपोर्टिङका क्रममा पत्रकारद्वय नाथ र कुँवरमाथि धरपकड गरेर पक्राउ गरिएको घटनाप्रति गम्भीर ध्यानार्षण भएको जनाएको छ।

प्रदेश महासचिव रामसिंह ठगुन्नाले प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारलाई नियन्त्रणमा लिने कार्यले प्रेस स्वन्तत्रताको हनन् भएको ठहर गर्दै घटनाको छानबिन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरिएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  २२:०४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update