Sagun Khabar
सशस्त्र प्रहरीका सईमाथि खुकुरी प्रहार गर्ने ५ जना पक्राउ 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा सशस्त्र प्रहरीका सईमाथि खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ परेका छन् । 

जिल्लाको दोधारा चाँदनी नगरपालिकाको कंजभेज बोर्डर आउट पोस्ट बीओपीमा कार्यरत सशस्त्र प्रहरीका सई नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार गरेको आरोमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । 

पोस्टनजिकै शुक्रबार राति साढे १० बजे उनीहरुले सई चौंसिरमाथि खुकुरी प्रहार गरेका थिए । राति कता घुमेको भनेर सोध्दा खुकुरी प्रहार गरेर आक्रमणकारीहरु भागेका  थिए ।  खुकुरी प्रहार गर्नेहरुको परिचय प्रहरीले खुलाएको छैन ।  खुकुरी प्रहारबाट सई चैंसिरको बायाँ पाखुरामा चोट लागेको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  ०७:३९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update