Sagun Khabar
रुखको हाँगा खसेर कञ्चनपुरमा एकजनाको मृत्यु 
Atrya hospital

कञ्चनपुर –रुखको हाँगा खसेर कञ्चनपुरका आज एक जनाको मृत्यु भएको छ । सामुदायिक वनमा दाउरा खोज्न हिँडेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको मृत्यु भएको हो । 

स्थानीय बैजनाथ सामुदायिक वनमा दाउरा खोज्न हिँडेका डगौरालाई रूखको हाँगा खसेर टाउकोमा चोट लागेको थियो । उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पु¥याउँदा उनलाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । 
 

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १८:१८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update