Sagun Khabar
कञ्चनपुरमा सशस्त्रका सईमाथि खुकुरी प्रहार 

कञ्चनपुर –कञ्चनपुरमा ड्युटीमा रहेका सशस्त्र प्रहरी बल नेपालका सईमाथि खुकुरी प्रहार भएको छ ।

गएराति दोधाराचाँदनी नगरपालिका– ७ कन्चनभोजस्थित ड्युटीमा रहेका कञ्चनभोज बिओपीका प्रमुख सशस्त्र प्रहरी नायव निरीक्षक नरेन्द्र चँैसिरमाथि एक गिरोहले आक्रमण गरेको हो । 

Atrya hospital

राति करिब १० बजेको समयमा झोलुङ्गे पुलमा बसिरहेको एक समुहलाई घर जान आग्रह गर्दा सोही गिरोहका रोहन बयकले खुकुरी प्रहार गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट सई चैसिरको हातमा चोट लागेको छ भने आक्रमणकारी गिरोह फरार रहेको बताइएको छ ।

नेपाल प्रहरीको सहयोगमा आक्रमणकारीको खोजी गरि कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने सशस्त्र प्रहरी बलले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  ०८:२८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update