Sagun Khabar
कञ्चनपुरमा बुवाको हत्या आरोपमा छोरा पक्राउ 

कञ्चनपुर –कञ्चनपुरमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । 

जिल्लाको पुनर्वास नगरपालिका–४ कार्कीचोकका ३० वर्षीय गणेश खडका मङ्गलवार बिहान आफ्नै बुवाको हत्या आरोपमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

Atrya hospital

घरायसी विवाद हुँदा सोमबार राति गणेशले आफ्नै ७१ वर्षका बुवा धनबहादुर खड्कामाथि चिर्पट प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रकाश डाँगीले बताए ।

बुवाको हत्या गरेर भाग्न खोजेका गणेशलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।  
 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update