Sagun Khabar
कञ्चनपुरमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा घाइते भएका बेदकोट नगरपालिका १० का २८ बर्षीय तपेन्द्र बडुवालको उपचारका क्रममा मृत्यु भएको हो । 

आइतवार अपरान्ह कृष्णपुरको वनदेवी मन्दिर नजिकै सुदूरपश्चिम प्रदेश ०२००४प १८४६ नम्बरको मोटरसाइकल डिजेल सकिएर रोकिराखेको से १ त २८२९ नम्बरको ट्याक्टरमा ठोक्किएको थियो । 

मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका बडुवालको मृत्यु भएको हो भने मोटरसाइकलमा पछाडी सवार कृष्णपुरकी २० वर्षीया गरीमा महता घाइते भएकी छन् । उनको उपचार भईरहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  ०८:५२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update